२० भदौ ,काठमाडौं
निर्वाचन आयोगले तेस्रो चरण अन्तर्गत प्रदेश नं २ का आठ जिल्लामा हुने स्थानीय तहको निर्वाचनका दिन असोज २ गते उक्त प्रदेशमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले तेस्रो चरण अन्तर्गत स्थानीय तहको निर्वाचन हुने जिल्लाका सरकारी, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा असोज २ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयसँग आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए।
नागरिकबाट





























प्रतिक्रिया