रवि शास्त्री भए भारतीय क्रिकेट टिमका नयाँ कोच

रवि शास्त्री भए भारतीय क्रिकेट टिमका नयाँ कोच

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २७ असार ।

धेरै समयदेखि रिक्त रहँदै आएको भारतीय क्रिकेट टिमको प्रशिक्षकमा रवि शास्त्री नियुक्त भएका छन् । तेस्रोपटक यो पदमा आसीन भएका शास्त्रीको यसपटकको कार्यकाल २०१९ सम्म रहने छ । आफ्नो समयका सफल अलराउन्डर शास्त्री भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको पहिलो रोजाइका उम्मेदवार थिए ।

प्रशिक्षक छान्ने अन्तिम निर्णायक समितिमा सचिन तेन्दुलर, सौरभ गांगुली र भिभिएस लक्ष्मण थिए । उनीहरूले अन्तर्वार्ता लिइसकेपछि प्रशिक्षकको नाममा अन्तिम सहमति दिनुअघि कोहलीसित परामर्श गरेका थिए ।

शास्त्रीका अतिरिक्त टम मुडी, वीरेन्द्र सहवाग, रिचर्ड पाइबस र लालचन्द राजपुतले पनि प्रशिक्षक पदका लागि अन्तर्वार्ता दिएका थिए । सहवागबाहेक अरू चारैजनाले स्काइपबाट अन्तर्वार्ता दिएका थिए ।

यसअघि २०१४–२०१६ सम्म टोलीका निर्देशक रहेका शास्त्रीले पूर्व प्रशिक्षक अनिल कुम्बलेको स्थान ग्रहण गर्ने छन् । यसपटक उनको पहिलो कार्यकाल २६ जुलाईबाट सुरु भई ६ सेप्टेम्बरसम्म चल्ने भारतीय टोलीको श्रीलंका भ्रमणबाट अगाडि बढ्ने छ ।

श्रीलंका भ्रमणका बेला भारतले त्यहाँ तीनवटा टेस्ट, पाँचवटा एक दिवसीय र एउटा टी–२० म्या खेल्ने छ । २१ र २३ जुलाईमा भारतले आफ्नो अभ्यास म्याच खेल्ने छ । त्यसपछि २६ जुलाईदेखि १६ अगस्तसम्म तीन टेस्ट, २० अगस्तदेखि ३ सेप्टेम्बरसम्म पाँच वान डे र ६ सेप्टेम्बरमा एकमात्र टी–२० म्याच खेल्ने छ ।

Skip This
Skip This
Logo