दौरा–सुरुवालमा योग गर्दै प्रधानमन्त्री !

दौरा–सुरुवालमा योग गर्दै प्रधानमन्त्री !

केन्द्रबिन्दु
0
Shares

असमाचार । केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ७ असार २०७४ । प्रधानमन्त्री शेरबहादुर देउवा योग गर्छन् कि गर्दैनन् ? उनी कुनै पनि व्यायाम गर्छन् कि गर्दैनन् ? मर्निङ वाक अथवा इभनिङ वाक जाने गर्छन् कि गर्दैनन् ? जवाफ जे सुकै होस्, यो तस्बिरले चाहिँ निश्चय पनि यही भन्छ, उनी योग गर्दैछन् । त्यसो त आज असार ७ गते परेको विश्व योग दिवसको यो तस्बिर आफैं बोल्छ । रिमिक्क परेर फुर्किदै सिंहदरबारको घुम्ने कुर्सी सम्झिएर हिँडेको अल्लारे प्रधानमन्त्री, बाटो भुलेर खुलामञ्च पसे जस्तो चालढालमा देखिन्छन् देउवा । उनी मात्र होइन उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ र कार्यक्रमका आयोजकहरू समेत ‘खैँजडे’ जस्तै भएर प्रस्तुत भएका देखिन्छन् । योग गर्दा सजिला र छरिता पहिरन हुनुपर्छ भन्ने विवेक प्रदर्शन भएको भए उपस्थित योगपे्रमीहरू प्रधानमन्त्रीको दौरा–सुरुवालमा अड्किन पाउँदैनथे होला । अनि उनीहरूका आँखाले यस्तो प्रश्न पनि गर्दैनथे होला, ‘के अबदेखि नेपालीले योग गर्दा दौरा–सुरुवाल, टोपी लगाएर रिमिक्क पर्नुपर्ने हो ?’ हाम्रो पनि प्रश्न, ‘औपचारिक पहिरनमा अनौपचारिक योग गर्दै देउवाले दिन खोजेको सन्देश चाहिँ के हो ?’  

Skip This
Skip This
Logo