पछिल्लो २४ घण्टामा नेपालमा ९९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । गत २४ घण्टामा २ सय ४८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले १ हजार ९५९ जना सक्रिय संक्रमित छन्। ७५ जनाको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेकाे छ । ६१ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।





























प्रतिक्रिया