नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेशन लिमिटेडले नेपालको ऐतिहासिक तथा औद्योगिक नगरी विराटनगको पुस्पलाल चोकमा आफ्नो नयाँ ग्राहक सेवा केन्द्र शुभारम्भ गरेको छ ।
मंगलबार सेवा केन्द्रको शुभारम्भ गर्दै कम्पनीका पूर्वाञ्चल क्षेत्रीय प्रमुख शंकरराज सिवाकोटीले विराटनगरको उत्तरी भेग र आसपासको क्षेत्रका ग्राहकहरुसँगको सम्बन्ध अझ प्रगाढ र विश्वासिलो बनाइने बताए । हाल यस कम्पनीले ग्राहकको माग र आवश्यकताअनुसार १० एमबिपीएसदेखि एकसय एमबिपीएस सम्मको इन्टरनेटका साथ टिभि लगायतको अतिरिक्ति सेवा उपलब्ध गराउँदै आएको उनको भनाइ छ ।
२.४ मेगावाइटको वाईफाईमा ब्याण्डको सिमितता तथा हरेक घर र कोठाहरुमा रहेका वाईफाई संकेतहरुको आपसी इन्टरफेरेन्सले गर्दा एफटिटिएच प्रविधिमार्फत आफूहरुले प्रदान गरेको उच्च गतिको सेवाको अनुभव ग्राहकहरुले सोचेजस्तो नहुन सक्ने उनले बताए । त्यसको लागि ग्राहकको घरमा राखेको वाईफाई राउटरलाई उचित तथा खुल्ला स्थानमा राखेमा, धेरै कोठा तथा तल्लामा चलाउनुपरेमा अतिरक्त वाईफाई राउटर राखेमा तथा ग्राहकको मोबाईल तथा ल्यापटपमा ५ जिएचजेट सपोर्ट गर्दछ भने ५ जिएचजेट डुअलब्याण्डको वाईफाई राउटर राखेर सेवा प्रदायकले प्रदान गरेको गतिमा इन्टरनेट चलाउन सकिने समेत सिवाकोटीले बताए ।
यस कम्पनीको देशभर गरेर हाल झन्डै पाँचलाख ग्राहक रहेका छन् ।





























प्रतिक्रिया