मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न अभियुक्त प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मोरङ जिल्ला इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विक पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
गत माघ ७ गते उनी हतियारसहित मोरङको बुढीगंगा गाउँपालिका– ४ बाट पक्राउ परेका उनलाई हातहतियार तथा खरखजना मुद्दामा कारागार चलान गरिएको हो ।
आइतबार हातहतियार तथा खरखजना मुद्दामा जिल्ला अदालत मोरङकी न्यायाधीश दुर्गा खड्काको इजलासले कारागार चलानको आदेश दिएपछि उनी कारागार चलान भएका हुन् ।
सोमबार दर्ता भएको अपहरण र कर्तब्य ज्यान मुद्दामा आइतबार बयान लिने अदालतले तयारी गरेको छ ।





























प्रतिक्रिया