न्यायका लागि अदालत जान्‍छु : तिलक परियार

न्यायका लागि अदालत जान्‍छु : तिलक परियार

केन्द्रबिन्दु
0
Shares

प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरिएका तिलक परियारले अदालत जाने निर्णय गरेका छन् । 

बिनाकारण सरकारले पदबाट बर्खास्त गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, 'सरकारको यस निर्णयबाट म आफैँ दङ्ग परेको छु, न कुनै जानकारी, न कुनै स्पष्टीकरण । संवैधानिक पदमा बसेका व्यक्तिलाई एक्कासी बर्खास्त यो गलत नजिरको सुरुवात हो ।'

उनका अनुसार राष्ट्रपति कार्यालयबाट प्रदेश प्रमुखको पदबाट मुक्त गरिएको पत्रसमेत आइसकेको छ । उनले प्रदेश प्रमुखको रुपमा आफ्नो कार्यसम्पादनमा कुनै विवाद नभए नि गुट-उपगुटको राजनीतिमा आशंकाको भरमा पदमुक्त गरिएको आरोप लगाए -‘म निष्पक्ष र इमान्दारीका साथ आफ्नो काम गर्दै आइरहेको थिए न कुनै गुट उपगुटमा लागेको थिए, तर शंका उपशंकाको भरमा मलाई पदमुक्त गर्नु गलत हो'

पूर्वमाओवादी भएकै कारण हटाउनु गलत भएको उनको भनाइ छ- 'आशंकाको भरमा पूर्व माओवादीबाट आएको हो फलानो गुटको होला भन्ने कारणले यदि पदमुक्त गरिएको हो भने त्यो दूर्भाग्यपुर्ण हो,' उनले भने, 'पदमुक्त गर्न तथ्य र प्रमाण आवश्यक छ जुन यो सरकारसँग छैन ।'  

Logo