‘सर्वोच्चको फैसला विवादास्पद छ, तर मान्नु पर्छ’ :सूर्य थापा

‘सर्वोच्चको फैसला विवादास्पद छ, तर मान्नु पर्छ’ :सूर्य थापा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले गरेको फैसलालाई विवादास्पद भन्दै यसको पालना गर्नै पर्ने बताएका छन् । 

सामाजिक संजाल फेसबुकमा एक सन्देश लेख्दै उनले सर्वोच्च अदालतको पछिल्लो निर्णयले  राजनीतिक समस्याहरूको कुनै हल नहुने जनाएका छन् । 'बरू अस्थिरता अझै बढ्नेछ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नु हुन्छ । तत्काल राजीनामा दिनु हुने छैन ।' उनले भनेका छन् ।

स्टाटस यस्तो छ ,

सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका  दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।
 

Logo