उत्साहजनक रुपमा अघि बढौंः प्रधानमन्त्री ओली

उत्साहजनक रुपमा अघि बढौंः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहजनक रुपमा अगाडी बढ्न सांसदहरुलाई निर्देशन दिएका छन् । 

शनिबार प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षको संसदीय दलको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुको पक्षमा १ सय १५ जना सांसदहरु भएको र यो संख्या बढेर जाने भएकाले सांसदहरुलाई उत्साहजनक रुपमा अघि बढ्न निर्देशन दिएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए । सरकार देश र जनताको पक्षमा लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफूहरुकै जित हुने बताएको प्रमुख सचेतक भट्टराईको भनाइ छ । 

प्रमुख सचेतक भट्टराईले संसदमा अविश्वासको प्रस्ताव पास नहुने भएकाले अविश्वासको प्रस्ताव ल्याउन कसैले हिम्मत नगर्ने दाबी पनि गरे । कानूनी हिसाबले संसदीय दल विभाजन हुन कठिन भएको भन्दै उनले आफ्नो पक्षबाट बाहिर गएका सांसदहरु समयक्रममा फर्किने विश्वास व्यक्त गरे । 

शुक्रबार नेकपा प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठकमा आफ्नो पक्षमा बहुमत रहको दाबी गरेको थियो भने संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो । शनिबारको ओली पक्षीय संसदीय दलको बैठकले पनि आफ्नो पक्षमा सांसदहरुको बहुमत रहेको दाबी गरेको छ । प्रतिनिधिसभाको बैठक आइतबार अपरान्ह ४ बजे बोलाइएको छ ।

Logo