‘मेक इन नेपाल’ स्वदेशी अभियानमा प्रधानमन्त्री ओली

‘मेक इन नेपाल’ स्वदेशी अभियानमा प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यापार सन्तुलन गर्न उपभोग्य वस्तुमा आत्मनिर्भर हुन आवश्यक रहेको बताएका छन् । 

सोमबार 'मेक इन नेपाल' स्वदेशी अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको व्यापार सन्तुलन गर्नका लागि दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर हुनु पर्ने बताएका हुन् । कृषिप्रधान देशमा कृषि भएपनि कृषिमा आधारित उद्योग नभएको भन्दै उनले उद्योग स्थापना गरी आवश्यक सामाग्रीहरु बनाइ बाहिर बेच्नुपर्ने पनि बताए । अन्यत्र मुलुकमा बनेका सामान खरिद गर्नुका भन्दा मुलुकमै उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको लागि गुणस्तरिय शिक्षामा ध्यान दिनुपर्ने पनि बताए। प्राविधि शिक्षामा जोड दिनुपर्ने उनको भनाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले मेक इन नेपाल स्वदेशी अभियान स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सुरू गरेको बताए । मुलुकको औद्योगिक विस्तार, रोजगारीको सृजना एवं उत्पादन वृद्धिबाट मात्र राष्ट्रिय अर्थतन्त्रमाथि उठाउन सकिने बताए।

Logo