नेकपा माओवादी केन्द्रले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्नका लागि आज (शनिबार) विहानै स्थायी कमिटी वैठक बोलाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी भित्र, बाहिर र नयाँ सरकारबारे आवश्यक छलफल गर्न वैठक बोलाएका हुन् । अहिले बिहान ९ बजे बस्ने बैठकमा नयाँ सत्ता समीकरण र एमालेमा गएका नेतालाई कारबाहीलगायतका विषयमा छलफल गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।
माओवादी केन्द्रले आज बिहान बस्ने स्थायी कमिटी बैठकबाट एमालेमा गएका आफ्ना नेतालाई पार्टीमै फर्किन अन्तिम पटक आग्रह गर्ने, नमाने कारबाहीको निर्णय गर्ने तयारी अगाडि बढाएको छ ।





























प्रतिक्रिया