थरुहट आन्दोलनरत पक्षसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा समिति गठन

थरुहट आन्दोलनरत पक्षसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा समिति गठन

केन्द्रबिन्दु
0
Shares

सरकारले रेशम चौधरी लगायतका बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ।

सोमबार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आन्दोलनरत पक्षसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरिएको बताएका हुन्। 

वार्ताटोलीको अन्य सदस्यहरुमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र पूर्वसांसद भगवती चौधरी रहेका छन्। थारु कल्याणकारी सभा, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेको १९ बुँदे माग सम्बोधन गर्नका लागि वार्ता टोली गठन गरिएको मन्त्री गुरुङले स्पष्ट पारे। 

थरुहट आन्दोलनरत पक्षले लामो समयदेखि रेशम चौधरी लगायतका बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ। 

Logo