साताको चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन ४ सयले घटेको हो। आइतबार सुनको मूल्य स्थिर रहेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले घटेको थियो ।
गत हप्ता आइतबार ५ सयले बढेको सुन सोमबार २ सयले घटेको थियो। मंगलबार ३ सयले घटेको सुनको मूल्य बुधबार स्थिर रहेको थियो। यस्तै बिहीबार सुनको मूल्य २ सयले बढेको थियो भने शुक्रबार ६ सयले घटेको थियो।
आज छापावाला सुनको प्रतितोला ८५ हजार ६ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८५ हजार १५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ। चाँदी तोलामा एक हजार १९५ मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया