पोखरी डुबेर २ बालकको मृत्यु

पोखरी डुबेर २ बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

कीर्तिपुरमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा बिहीबार पौडी खेल्न गएका चार जनामध्ये दुईजना पोखरीबाट निस्कने क्रममा चिप्लेर डुबेका हुन् । 

प्रहरीका अनुसार ८ बर्षीय कृष मगर र ११ बर्षीय प्रशान्त सुनुवारकाे मृत्यु भएकाे हाे । उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । 

सिंचाईका लागि बनाएको पोखरीमा बालक डुबेर ज्यान गुमाएका हुन् ।  

Logo