नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि क्यास ब्याक अफर ल्याएको छ । दराजसँगको साझेदारीमा चैत २९ गतेदेखि बैशाख ७ गतेसम्म बैंकको डेबिट कार्डमार्फत सपिङ गरी रु १ हजार ५ सय छुट वा अधिकतम रु एक हजार क्यासब्याक र क्रेडिट कार्डमार्फत सपिङ गरी रु २ हजार छुट वा अधिकतम रु १ एजार ५ सय क्यासब्याक प्राप्त गर्नेछन् ।
उक्त अफर सुरू हुन २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकहरुले डेबिट र क्रेडिट कार्डमार्फत क्यासब्याक अफरको लाभ लिन सक्नेछन् ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको बैंकको ११९ शाखा, १७५ एटिएम र १ हजार ५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।





























प्रतिक्रिया