पत्रकार महासंघको नीति निर्माणमा दलीय प्रभाव पर्न दिंदैनौं : विपुल पोखरेल

पत्रकार महासंघको नीति निर्माणमा दलीय प्रभाव पर्न दिंदैनौं : विपुल पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल (औपचारिक रुपमा घोषणा हुन बाँकी) ले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिवद्धता जनाएका छन्।

शनिबार सबै जिल्लाको मतगणना सकिएको र आफ्नो जीत सुनिश्चित भएपछि विजय जुलुस मनाउँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनैपनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताएका हुन्। यस्तै श्रमजीवि पत्रकारहरुको हक हितका मुद्दाहरुलाई अगाडि लैजाने सम्बन्धमा आफूले कहिं कतै सम्झौता नगर्ने प्रतिवद्धता पनि जनाए। 

यस्तै नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिवद्धता जनाए। महासंघलाई पत्रकारहरुको साझा चरित्रको संस्थाको रुपमा विकास गर्ने पनि बताए। 

महासंघको चुनावमा पोखरेलको उम्मेदवारी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा (माओवादी केन्द्र) निकट प्रेस सङ्गठन नेपाल र नेकपा (एमाले)को माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ सङ्गठनको तर्फबाट रहेको थियो। 

अध्यक्षमा नेकपा (एमाले)को ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जनपत्रकार संघ लगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो। त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए।

Logo