सरकारले वाग्मती प्रदेशका ७ जिल्लाका ४० देखि ५९ वर्षसम्मका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिने भएको छ।
वाग्मती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रे र रसुवाका ४० वर्षदेखि ५९ वर्षका नागरिकलाई खोप लगाउने सरकारले जनाएको हो । आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले सार्वजनिक यातायातका चालक र सहचालकालाई पनि कोरोनाविरुद्धको खोप दिने जनाएको हो । अहिले लगाउन लागिएको खोप चिनियाँ खोप हो।
४० देखि ५९ वर्षसम्मका सबै नागरिकको हकमा उमेर खुल्ने परिचयपत्र र चालक–सहचालकको हकमा आवद्ध संघ संगठनको परिचयपत्रका आधारमा खोप प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ । आफ्नो पायक पर्ने खोप केन्द्रमा वैशाख ५ गतेसम्म खोप लगाउन सकिने बताइएको छ।






























प्रतिक्रिया