गुड्ने र उड्ने यातायातमा सरकारको विभेदपूर्ण व्यवहार मान्य हुँदैन: व्यवसायी सिटौला

गुड्ने र उड्ने यातायातमा सरकारको विभेदपूर्ण व्यवहार मान्य हुँदैन: व्यवसायी सिटौला

केन्द्रबिन्दु
0
Shares

सरकारले सडकमा गुड्ने र आकाशमा उड्ने यातायात क्षेत्रमा विभेदपूर्ण व्यवहार भएको यातायात व्यवसायीले आरोप लगाएका छन्।   

सरकारले कोरोना भाइरसको दोस्रो लहर दिनप्रतिदिन बढ्दै गएपछि बैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ। निषेधाज्ञाको समयमा सार्वजनिक यातायातसमेत बन्द गर्ने योजना सरकारको रहेको तर हवाई उडान भने सञ्चालन जारी रहने जनाएपछि यातायात व्यवसायीहरुले गुनासो गर्न थालेका हुन्।

हवाई यात्रा गर्दा कोरोना नसर्ने तर गाडीमा यात्रा गर्दा कोरोना सर्ने सरकारको व्यवहार विभेदपूर्ण भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। 

उनका अनुसार कोरोना गाडीमा चढ्दा सर्ने हवाईमा यात्रा गर्दा नसर्ने भन्ने हुँदैन। यदि सरकारले कोरोना नियन्त्रण गर्ने नै हो भने सबैक्षेत्र बन्द गर्नुपर्छ। सिटौलाले भने,‘लकडाउन हटेर गाडी सञ्चालन भए पनि खासै प्रगति भएको छैन। उल्टो व्यवसायीहरुले बैंकको किस्ता तिर्न नसक्दा गाडीसमेत लिलाम भएको अवस्था छ।’

त्यसैले सरकारले बन्द नै गर्ने भए कुनै व्यवसायलाई खुल्ला गर्ने कुनै व्यवसायलाई बन्द गर्ने भन्ने कुरा मान्य नहुने उनले बताए। हवाईमार्ग बन्द नभए यातायात व्यवसायीले अब हेरर मात्रै नबस्ने चेतावनी दिए।

Logo