अज्ञात रोगबाट २ बालकको मृत्यु

अज्ञात रोगबाट २ बालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जाजरकोटको कुशे गाउँपालिका–८ औलरीजामा अज्ञात रोगका कारण २ बालकको ज्यान गएको छ ।ज्वरो आउने, पहेँलो रंगको बान्ता गर्ने लक्षण् सहितको रोगले २ जना बालकको मृत्यु भएको हो ।

कुशे–८ औलरीजामा विहीबारराति १ जना र शुक्रबारराति १ जना बालकको मृत्यु भएको कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए ।

एक्कासि ज्वरो आउने, पहिलो रंगको बान्ता गर्ने रोगका कारण २ जना बालकको मृत्यु भएको उनको भनाई छ । गाउँका अन्य ६/७ जना बालबालिकामा समेत उक्त रोगको लक्षण देखा परेको बताइएको छ । 

Logo