उपासना पौडेल बीमा क्षेत्रको इतिहासमा पहिलो पटक महिला प्रमुख कार्यकारी अधिकृत (सीइओ) बनेकी छन्।
यूनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले आगामी ४ वर्षका लागि उपासना पौडेललाई सिइओमा नियुक्त गरेको हो। यसअघि पौडेल कम्पनीको निमित्त सीइओ रहेकी थिइन्।
पौडेलले भारतको दिल्ली युनिभर्सिटीबाट एमबिए गरेकी छिन्। बीमा क्षेत्रमा उनको प्रवेश भने मुम्बईस्थित आइसीआइसीआइ लोम्बार्ड जनरल इन्स्यारेन्सबाट सन् २०१२ को सुरूवातमा भएको थियो।
सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरेकी पौडेल यूनाइटेड इन्स्योरेन्समा डेढ वर्षदेखि कार्यरत थिइन्।
उनको कार्य सम्पादनप्रति सन्तुष्ट कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको जनाएको छ ।





























प्रतिक्रिया