नेपाल सुपर लिगः काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने

नेपाल सुपर लिगः काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन्। आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ। 

यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतालाई पराजित गर्नुपर्नेछ। लिगको तेस्रो स्थानमा ललितपुर सिटी एफसी र चौथो स्थानमा बुटवल रहेको छ। 

ललितपुर र बुटवलबीचको खेलको विजेता टोलीले आज हुने खेलको पराजित टोलीसँग फाइनल प्रवेशका लागि भिड्नुपर्नेछ। दशरथ रङ्गशालामा आजको खेल साँझ साढे ५ बजे सुरु हुनेछ। लिग चरणमा ६ खेलमा १३ अङ्क जोड्दै काठमाडौँ पहिलो तथा १० अङ्क जोडेर धनगढी दोस्रो भएको थियो।

Logo