चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री छिट्टै तातोपानी नाका आइपुग्ने

चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री छिट्टै तातोपानी नाका आइपुग्ने

केन्द्रबिन्दु
0
Shares

चीनको स्वशासित क्षेत्र तिब्बतले सहायता स्वरुप प्रदान गरेको १५० लिक्वीड अक्सिजन कन्टेनरसहितका स्वास्थ्य सामग्री चाँडै तातोपानी नाकामा हस्तान्तरण हुने भएको छ। 

सामान नेपाल ल्याउने स्वीकृतिका विषयमा स्थानीय चिनियाँ दूतावासलाई जानकारी गराइएको र चिनियाँ पक्षले यथासक्य चाँडो हस्तान्तरण गर्ने  परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीन सरकारले उपलव्ध गराउने ५ मिलियन युआन अनुदान सहायता अन्तर्गत ३५०० अक्सिजन सिलिण्डर र १० भेण्टिलेटर मध्ये दोस्रो लटको एक हजार छ सय अक्सिजन सिलिण्डर नेपाल ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड उडान बारेमा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रधाानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

चीन सरकारले कोभिड सहायता अन्तर्गत नेपाललाई उपलव्ध गराउने थप ५ मिलियन युआन बरावरको सहयोग एअर बेस्ड अक्सिजन जेनेरेटर युनिट्स उपलव्ध गराइदिन अनुरोध गर्दै नेपाली राजदूतावास वेइजिङ मार्फत अनुरोध गरिएको छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट प्राप्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सामग्री लिस्टमा समावेश सामग्रीहरू नयाँ दिल्लीबाट आपूर्ति गर्न सक्ने जानकारी प्राप्त भएको छ। 

अमेरिकाको सहयोगी संस्था कम्युनिटी पार्टनर्स इन्टरनेशनल, सानफ्रान्सिस्को र नेपाली समुदायको सक्रियतामा खरीद गरिएको १०० अक्सिजन कन्सन्ट्रेटर निकट भविष्यमा नेपाल आइपुग्ने जानकारी प्राप्त भएको छ। ओमानस्थित नेपाली राजदूतावासले स्थानीय नेपाली समुदायको सहयोगमा ६०० खाली अक्सिजन सिलिण्डर १५ मे, २०२१ मा विमान चार्टर गरी पठाउने भएकाले विमान चार्टर गरी ल्याउन समन्वय गरिएको जनाइएको छ।

Logo