एमाले नेतृ तथा प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले ठोस प्रस्तावबिनाको संवादको अर्थ नरहेको बताएकी छिन्।
अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको बेला झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी छिन्, ‘ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा पर्नुहुन्न। आफूले संसद् विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारामा यो सबै हुँदैछ । ठोस प्रस्तावबिनाको संवादको अर्थ छैन।
जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिस्ट आन्दोलनको विसर्जन गर्छ। सचेत बनौँ।’






























प्रतिक्रिया