सिइडिबी हाइड्रोपावरको आइपिओ आज बाँडफाँट हुने

सिइडिबी हाइड्रोपावरको आइपिओ आज बाँडफाँट हुने

केन्द्रबिन्दु
0
Shares

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक शेयर (आइपिओ) आज बाँडफाँट हुने भएको छ । 

कम्पनीले वैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आइपिओ बिक्रीका लागि आव्दन खुल्ला गरेको थियो । 

यसमध्ये कम्पनीले २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। 

शेयर खरीदका लागि मागभन्दा १०.५२ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ। 

कम्पनीले जारी गरेको उक्त आइपिओमा १६ लाख ३७ हजार ६५९ जना आवेदकहरुबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयरका लागि माग गरिएको थियो ।

कम्पनीको आइपिओ २ लाख ३४ हजार १९५ जनाले मात्रै गोलाप्रथाद्वारा न्यूनतम १० कित्ताका दरले प्राप्त गर्ने भएका छन् ।

Logo