नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तीसँगको संघर्ष जारी रहने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध वैकल्पिक सरकार गठनको प्रयासमा लागेका माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली पुन प्रधानमन्त्री बनेपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताएका हुन् । उनले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने र संविधान र राष्ट्रको बचाउको पक्षमा निरन्तर संघर्ष गर्ने उल्लेख गरे।
सरकार गठनमा नेकपा एमालेको नेपाल खनाल समूहबाट धोका भएको हो भन्ने जिज्ञासामा उनले अहिले नै धोका भयो भनेर टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिए। उनले असंवैधानिक ढंगले हुने निर्वाचनको विरोध गर्ने बताए।
उनले भने, संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको निम्ति पार्टी जहिले पनि तयार हुन्छ। संविधानविरोधी भयो भने मात्रै हाम्रो विरोध हुने हो। आलोचना हुने हो। संविधान अनुसार हुने चुनावमा हाम्रो सहभागीता हुन्छ।”





























प्रतिक्रिया