नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा बादलबीच आज भेटवार्ता भएको छ। नेता नेपाललाई भेट्न थापा आन उनकै निवास कोटेश्वर गएका थिए।
राष्ट्रियसभा उपनिर्वाचनका वागमती प्रदेशबाट उम्मेदवार रहेका बादल नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन्।
राष्ट्रियसभा सदस्यका लागि हुन लागेको चुनावमा सहयोग माग्न गृहमन्त्री थापा नेपाल निवास कोटेश्वर पुगेका बताइएको छ।
एमालेमा विवाद कायमै रहेका बेला नेपाल समूहले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवारका रुपमा अघि सारेको थियो।
पछिल्लो समय संस्थापन पक्षसँग वार्तामा रहेको नेपाल समूहले राष्ट्रियसभाको उपनिर्वाचनमा कसलाई सहयोग गर्ने भन्ने बारेमा भने निर्णय गरेको छैन।





























प्रतिक्रिया