गण्डकी प्रदेशको मन्त्रिपरिषदमा पुरानै अनुहार

गण्डकी प्रदेशको मन्त्रिपरिषदमा पुरानै अनुहार

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन्। वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त गुरुङले यसअघिको सरकारमा सहभागी मन्त्रीलाई नै दोहोर्याएका हुन्।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र युवा तथा खेलकूदमन्त्री राजीव गुरुङलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिइए पनि रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्सालले भने विनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरेका हुन्। 

युवामन्त्री गुरुङ काठमाडौँमा भएका कारण शपथमा सहभागी भएनन्। उनीहरूलाई आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ गराइन्।

Logo