निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५७७ सवारी साधन प्रहरीको नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५७७ सवारी साधन प्रहरीको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५७७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीमध्ये ३९० वटा गाडी र १ हजार १८७ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५११ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । 

Logo