आज मात्र ७ हजार १३५ निको भए, ७ हजार ४२५ जना संक्रमित थपिए

आज मात्र ७ हजार १३५ निको भए, ७ हजार ४२५ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ।

नेपालमा आज ७ हजार ४२५ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २०५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ रहेको छ।

यससँगै संक्रमितको कूल संख्या ५ लाख २० हजार ४६१ जना पुगेको छ। 

आज १८५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ।

आज २० हजार ४५३ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म नेपालमा २९ लाख ३६ हजार ३१४ जनाको परीक्षण गरिएको छ।

Logo