नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेतबाट निष्कासनमा परेका नेता भीम रावलले कारवाही केपी गुटको फुटवादको निरन्तरता रहेको बताएका छन्।
सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारवाही गरेसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
पार्टीबाट निष्कासनमा पर्नुभयो यसमा तपाईंको प्रतिक्रिया के छ भन्ने हाम्रो प्रश्नमा नेता रावलले आफूहरुमाथि गरिएको कारबाहीलाई हास्यास्पद रहेको बताए।
‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कार्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ,’ उनले भने।
पार्टीबाट अलग भएर नयाँ पार्टी खोल्ने विषयमा रावलले नेकपा एमाले कसैको पेवा नभएको, कसैले नेकपा एमाले मेरो हो, तिमीहरु छोडेर जाओ भन्छन् भने त्यो पनि हास्यास्पद कुरा रहेको बताए। उनले अन्तिमसम्म पनि पार्टी एकता जोगाउन कोसिस गर्ने बताएका छन् ।
यसअघि नेकपा एमालेको शनिबार बसेको स्थायी कमिटी बैठकले नेता रावलसहितलाई स्पष्टीकरण सोधेको थियो।
तर, स्पष्टीकरण सोधिएका कसैले पनि स्पष्टीकरण दिएका थिएनन्। बरु उल्टै आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध विपक्षीसँग साँठगाँठ गरेर कांगे्रस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सक्रिय भएर लागिरहेका छन्।





























प्रतिक्रिया