स्वास्थ्यकर्मीमाथि कुटपिटको घटना गैरजिम्मेवार र गैरकानूनीः गृह मन्त्रालय

स्वास्थ्यकर्मीमाथि कुटपिटको घटना गैरजिम्मेवार र गैरकानूनीः गृह मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानूनी कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ। 

शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटको घटना गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानूनी कारबाही हुने पनि मन्त्रालयले जनाएको छ।

बिहीबार साँझ भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन्। 

पक्राउ पर्नेमा तुलसीपुरका मानबहादुर रावत, भरत रावत र लोकराज रावत छन्।
बिरामीको मृत्यु भएपछि उनीहरुले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए।

गृह मन्त्रालयले घटनाको छानबिनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानबिन समिति पनि बनाइएको छ।

चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित छन्।

अस्पताल परिसरमा भेला भएर उनीहरुले प्रदर्शन गरेको अस्पतालमा कार्यरत एक चिकित्सकले बताए।

Logo