आजदेखि तीन देशका लागि नियमित हवाई उडान खुल्ला

आजदेखि तीन देशका लागि नियमित हवाई उडान खुल्ला

केन्द्रबिन्दु
0
Shares

आजदेखि नेपालबाट तीन देशका लागि हवाई उडान खुल्ला हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुला गरिएको छ। 

आज सूचना सार्वजनिक गर्दै नेपाल आवतजावत गर्ने वायुसेवा कम्पनीहरूलाई प्राधिकरणले त्यस्तो जानकारी दिएको छ। यद्यपि, एक देशबाट एक वायुसेवा कम्पनिले मात्र उडान गर्न पाउने भएका छन्।

अघिल्लो साता बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले टर्कीको इस्तानबुल, कतारको दोहा र चीनको कुनै एउटा स्थानका लागि नियमित अन्तर्राष्ट्रिय उडान पुनः सुचारु गर्ने निर्णय गरेको थियो। त्यसै निर्णय अनुरुप प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई जानकारी गराएको हो।

नेपाल एअरलाइन्स र एअर इन्डियाले नेपाल–भारतबीच हप्तामा एक–एकवटा उडान गर्दै आएका थिए। आन्तरिक उडान कहिले खुल्छ भन्ने चाहिँ टुङ्गो लागेको छैन। यस निर्णयसहित चीन, टर्की, कतार र भारतबाहेक अन्य देशहरूमा नियमित अन्तर्राष्ट्रिय उडानहरू अहिले स्थगित नै छन्।

Logo