नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि माग गरिएको अदालतका सहयोगीमा दुई वरिष्ठ अधिवक्तालाई पठाउने निर्णय गरेको छ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अध्यक्षतामा मंगलबार बसेको कार्यसमितिले बैठकले वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ललाई पठाउने निर्णय गरेको बारले जनाएको छ।
मंगलबार सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई अदालतका निष्पक्ष सहयोगी पठाउने निर्णय गरेको थियो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनबाट दुई, दुई वरिष्ठ अधिवक्ता एमिकस क्युरीका रुपमा उपलब्ध गराउन आदेश दिएको थियो।
सो मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ हुने तय भएको छ।





























प्रतिक्रिया