काभ्रेमा आज २६३ जना निको भए, ४० संक्रमित थपिए

काभ्रेमा आज २६३ जना निको भए, ४० संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रेमा आज ४० जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या २६३ रहेको छ। आज ६ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा एक जनाको मृत्यु भएको छ।

यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या १० हजार ५८३ पुगेको छ। 

यस्तै निको हुनेको संख्या ९ हजार २७९ र मृत्यु हुनेको संख्या २१९ पुगेको छ।

Logo