युरोकपमा स्विडेनको पहिलो जित

युरोकपमा स्विडेनको पहिलो जित

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोकप फुटबलमा स्विडेनले पहिलो जित हात पारेको छ । शुक्रबार भएको समूह चरणको दोस्रो खेलमा  स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित दर्ता गरेको हो  ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७७ औं मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका थिए । स्लोभाकियाका गोलकिपर मार्टिनले रोबिनलाई पेनाल्टी क्षेत्रमा लडाएपछि स्विडेनले पेनाल्टी पाएको थियो ।

जितसँगै समूह ई मा रहेको स्विडेनले २ खेलमा ४ अंक जोडेको छ । स्विडेनले नकआउट चरणमा पुग्ने सम्भावना बलियो समेत बनाएको छ । स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।  स्विडेन समुहको शीर्ष स्थानमा रहेको छ ।

स्लोभाकियाको भने यो पहिलो हार हो । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो स्थानको स्लोभाकियाले २ खेलमा ३ अंक जोडेको छ ।

Logo