आज ६ सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

आज ६ सयले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन आज पनि सुनको मूल्य बढेको छ। आज सुन ६ सयले बढेको हो। आइतबार ८ सयले घटेको थियो। सोमबार ४ सयले बढेको थियो । 

गत हप्ता आइतबार ६ सयले घटेको थियो। सोमबार सुन ७ सयले घटेको थियो। मंगलबार स्थिर रहेको थियो। बुधबार १ सयले घटेको थियो। बिहीबार ११ सयले घटेको थियो। शुक्रबार १२ सयले घटेको थियो। यो हप्ताभरि सुनको मूल्य ओरालो लागिरह्यो ।

आज छापावाला सुनको प्रतितोला ९१ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ५०० सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेको छ। चाँदी आज एक हजार ३०० मा कारोबार भइरहेको छ।

Logo