सिंहदरबार घेराउ गर्न पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरु पक्राउ

सिंहदरबार घेराउ गर्न पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरु पक्राउ

केन्द्रबिन्दु
0
Shares

सिंहदरबार घेराउ गर्न आएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुलाई प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणः प्राविधिक राष्ट्रिय हकहित संरक्षणमा रहेका इन्जिनियरहरु सिंहदरबार घेराउ गर्न हनुमानस्थान र माइतीघरबाट अगाडि शहरी विकाश तथा भवन निर्माण विभाग अगाडिबाट पक्राउ गरिएको हो। सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरुबाट पूर्ण बञ्चित गराइएको भन्दै इन्जिनियरहरु आन्दोलित हुँदै आएका छन्। 

०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्प र त्यस पश्चातको पराकम्पनले देश र देशवासी संकट परेको बेला सरकारको आह्वानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत रही नेपालको पुनर्निर्माणलाई अगाडि बढाएको इन्जिनियरहरुको दावी छ। 

देश र जनताको हितका लागि इन्जिनियरिङ जनशक्तिको सिप र दक्षता खेर जान नदिन र विदेशिन बाध्य नपार्न उचित व्यवस्थापन गर्न सरकारलाई दबाब दिन आन्दोलनमा उत्रनु परेको बताएका छन्। भूकम्पपछिको पुनर्निर्माणको काम बाँकी रहेको बेला हटाएर बेरोजगार बनाउन खोजेको भन्दै बाध्य भएर आन्दोलन गर्नुपरेको इन्जिनियरहरुले बताएका छन्।

Logo