जल तथा मौसम पूर्वानुमान महाशाखाले आज सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती तथा प्रदेश १ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
यसैबीच प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गरेका छन्।





























प्रतिक्रिया