अब विदेशबाट आएकाहरुले नेपालमा आएर १० दिन क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ।
कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणपत्रको आधारमा विमानस्थलबाट सिधै घर जान पाउने भएका छन्।
असार ७ गते बसेको मन्त्रिपरिषदको बैठकले खोप लगाएकाहरु र विदेशमा कोरोना भाइरसको नेगेटिभ रिपोर्टको आधारमा घरमा जान पाउने निर्णय गरेको हो।
यस्तै काजकिरिया बस्नु पर्ने, अशक्त, ज्येष्ठ नागरिक (७० वर्ष माथि) र, (नाबालक ५ वर्षमुनि) र सँगै आएका आमा बा, फरक क्षमता भएका, दीर्घरोगी, बिरामीसँगै आएका कुरुवा बाहेक अन्यको हकमा ७ दिन तोकिएको होटल क्वारेन्टाइनमा बस्नु पर्ने उल्लेख छ।





























प्रतिक्रिया