समृद्ध नेपालका लागि सहयोगी शिक्षा आवश्यक: प्रधानमन्त्री

समृद्ध नेपालका लागि सहयोगी शिक्षा आवश्यक: प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार पार्न सहयोगी हुने शिक्षा चाहिएको बताएका छन्। 

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको साेमबार भर्चुअल माध्यमबाट  शुभारम्भ गर्दै उनले देशलाई अहिले दक्ष सक्षम र गुणवान् तथा देशभक्त नागरिक चाहिएको बताए।

शिक्षाले शिक्षा आर्जन गर्नेलाई सरल जीवनयापन गर्न सहयोगी हुनुपर्ने बताउँदै उनले भने, “प्रमाणपत्र सिरानी हालेर बेरोजगार हुनुपर्ने स्थिति नहोस्, शिक्षाको लगानी आर्थिक लगानी र मेहनतको लगानी खेर जाने कुरा नहोस्।”  

शिक्षाको क्षेत्रमा सरकारले चौतर्फी ध्यान दिइएको बालबालिकाको भर्नादेखि नै पढाइको निरन्तरता र गुणस्तरमा ध्यान दिइने पनि उनले बताए। 

सबै विधाका शिक्षालाई आजको समय र देशको आवश्यकता अनुसार गुणस्तरीय शिक्षाका रुपमा विकास गर्ने लक्ष्य राख्दै मदन भण्डारी चिकित्सा विज्ञान प्रतिष्ठान स्थापना गरिएको र यसले बिहानले दिन देखाउँछ भने जस्तै सुरुवातमै सफलता  पाएको पनि प्रधानमन्त्रीले उल्लेख गरे। 

सृजनात्मक ढंगले स्वास्थ्य क्षेत्रलाई अघि बढाउने कुरामा महत्वपूर्ण ढंगले  काम गर्ने विश्वास समेत प्रधानमन्त्रीले व्यक्त गरे। अहिले हाम्रो देशसहित सिंगै विश्व महामारीसँग लडिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसलाई देशले छिट्टै पराजित र त्यसपछि आउने स्वास्थ्य समस्याहरु र अन्य सेवा आवश्यक पर्ने अवस्थामा प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु मूल लक्ष्य रहेको समेत बताए। 

नेपाल औषधि विज्ञान र स्वास्थ्य उपचारमा परम्परागत  चिकित्सा पद्धतिको प्रयोग गर्दै अघि बढने प्रधानमन्त्रीको भनाइ थियो। नेपाल जडिबुटीको केन्द्र भएको देश विगतमा ऋषिमुनीले शल्यचिकित्सा औषधि विज्ञानको विकास गर्दा यस क्षेत्रको असाधारण योगदान रहेको उनले उल्लेख गरे। 

Logo