माधव नेपालबिनै देउवालाई बहुमत पुग्ने

माधव नेपालबिनै देउवालाई बहुमत पुग्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाहेक नै विश्वासको मत पाउने भएका छन्।

कांग्रेसबाट ६१, माओवादी केन्द्रबाट ४९, जनता समाजवादी पार्टी (जसपा) बाट ३२ गरी देउवाले १४२ मत पाउने निश्चित भएको छ।

उनलाई एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरूले पनि विश्वासको मत दिने भएका छन्। राष्ट्रिय जनमोर्चाले पनि उनलाई विश्वासको मत दिने जनाएको छ।

पुनःस्थापित प्रतिनिधिसभाको जारी बैठकमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विश्वासको मत दिने बताए।

अब, नेपाल पक्ष र जनमोर्चाले पनि मत दिँदा देउवालाई आवश्यकता भन्दा धेरै मत प्राप्त हुने देखिएको छ। तर, देउवालाई एमाले अध्यक्ष केपी ओली पक्षले भने समर्थन गर्दै विश्वासको मत दिन नसकिने बताए।

तैपनि, विश्वासको मत देउवाले पाउने निश्चित भएकोले देउवा नेतृत्वको गठबन्धन सरकार करिब १७ महिनासम्म रहने छ।

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि परमादेश जारी गरेको थियो। त्यसपछि २९ असारमा परमादेशअनुसार प्रधानमन्त्री नियुक्त देउवाले ५ दिनपछि आज विश्वासको मत लिएका हुन्।

यसअघि २७ वैशाखमा भने एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका थिएनन्।

Logo