यी हुन् ‘नो भोट’ वाला सांसद

यी हुन् ‘नो भोट’ वाला सांसद

केन्द्रबिन्दु
0
Shares

गठबन्धन सरकारको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवामाथि संसदको विश्वास परीक्षण गर्न आजको प्रतिनिधिसभा बैठकमा गरिएको मत विभाजनको क्रममा एउटा मत ‘नो भोट’ को पक्षमा खस्यो ।
आखिर, त्यसरी ‘नो भोट’ को पक्षमा कसले मतदान गरे त? संसद् सचिवालयका एक अधिकारीले उक्त मत प्रेम सुवालको भएको बताए।
उनी नेपाल मजदुर किसान पार्टीका एक्ला सांसद हुन्। उनै सांसद सुवालले विश्वासको मतको पक्ष/विपक्षमा नभइ ‘नो भोट’ का पक्षमा उभिएका हुन्।
नेमकिपाले यसअघि एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पनि २७ वैशाखमा विश्वासको मत दिएका थिएनन्।

Logo