नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई श्री ५ महाराजधिराजको संज्ञा दिएका छन्।
अध्यक्ष ओलीले च्यासलस्थित पुष्पलाल प्रतिष्ठानबाट बिहीबार गरेको सम्वोधनलाई आधार मान्दै नेता नेपालले उनलाई महामहिम श्री ५ महाराजधिराजको संज्ञा दिएका हुन्।
ओलीले कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४३ औं स्मृति दिवसमा माधव नेपालसहित ३ साउनमा प्रतिनिधिसभामा ‘फ्लोर क्रस’ गर्ने २२ जना नेतालाई आममाफी दिएको घोषणा गर्दै पार्टीमा एकता कायम गर्न आग्रह गरेका थिए।
नेपालले ओलीलाई महाराजधिराजबाट आममाफीको हुकुम बक्सियो भन्दै कटाक्ष गर्दै उनले ओलीमा कम्युनिष्ट प्रवृत्ति नभएको पनि आरोप लगाए।
यस्तै नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती भएकाले त्यो फिर्ता लिएको छु भन्नुको सट्टा उल्टै आममाफीको कुरा गरेकाले ओलीमा अहम्, घमण्ड र कुण्ठा नघटेको बताए।
‘आफूचाहिँ पार्टी एकतामा असर गर्छ भन्दै संयमित भएर बोलिरहेको छु, उताबाट आममाफीको घोषणा गरिन्छ, यसरी पार्टी एकता हुन्छ,’ नेता नेपालले प्रश्न गरे। कम्युनिस्टहरू विशेष धातुले बनेका भएकाले कसैको धम्कीबाट नडराउने नेता नेपालको भनाइ छ।
ओलीको स्वेच्छाचारी प्रवृत्ति र लोकतन्त्रविरोधी कार्यशैलीका कारण समस्या भएको पनि नेता नेपालको भनाइ छ।





























प्रतिक्रिया