जनता समाजवादी पार्टी नेपालको दुवै समूहको बैठक छुट्टा छुट्टै स्थानमा बस्दैछ। दुवै समूहले कार्यकारिणी समितिको बैठक बोलाएको हो।
जसपाका अध्यक्ष उपेन्द्र यादव समूहको कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा १२ बजे र अर्का अध्यक्ष महन्थ ठाकुर समूहको बैठक बबरमहलस्थित एक पार्टी कार्यालयमा १ बजे बस्दैछ।
निर्वाचन आयोगले हेड काउन्टरका लागि दुवै पक्षका आयोगमा उपस्थित हुन भनेपछि त्यसको तयारीका लागि दुवै समूहको बैठक छुट्टा छुट्टै बस्न लागेको हो। दुवै समूहले आआफ्नो पक्षमा बहुमत पुर्याउनका लागि प्रयास गरिरहेका छन्।
हेड काउन्टरका लागि निर्वाचन आयोगले दिएको आदेशको विरुद्ध ठाकुर पक्षले उपेन्द्र यादवलाई समेत विपक्षी बनाई सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेको छ।





























प्रतिक्रिया