जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवदा टुङंगो लाग्ने भएको छ।
निर्वाचन आयोगले गठन गरेको इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्न साउन ७ गते आदेश दिएको थियो। सोहि आदेश अनुसार जसपाका उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष नै अहिले हेडकाउन्टको लागि आयोग पुगेका छन्।
निर्वाचन आयोगमा जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भइसकेको छ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी समिति सदस्यहरुको ‘हेड काउन्ट’ सुरु भइसकेको केन्द्रविन्दुलाई बताए। उनले जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै आउन पनि सक्ने जानकारी दिए।
जसपा हेडकाउन्टमा अध्यक्ष उपेन्द्र यादव पक्षका ३३ बढी कार्यकारिणी सदस्य पुग्ने अनुमान गरिएको छ। यसअघि जसपा महन्थ ठाकुर पक्षमा रहेका मनिस सुमन र राजकिशोर यादव समेत उपेन्द्र यादव पक्षको लाईनमा बसेका कारण बहुमत यादव पक्षमा पुग्ने र आधिकारिकता यादव पक्षले नै पाउने देखिएको हो।
यता, महन्थ पक्षले भने हेड काउन्ट रोकेर सर्वोच्च अदालतले साउन १५ मा बोलाएको सुनुवाइ सकिएपछिमात्र गर्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो।
तर, आयोगले ठाकुरको मागमाथि अन्तरिम गर्न अस्विकार गरेपछि जसपाको आधिकारिकता टुंगो लाग्ने भएको हो।





























प्रतिक्रिया