पहिलेको सरकारको जस्तो अपराध गर्ने छुट नयाँ सरकारलाई छैनः गगन थापा

पहिलेको सरकारको जस्तो अपराध गर्ने छुट नयाँ सरकारलाई छैनः गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नयाँ सरकारलाई कुनै अपराध गर्ने छुट नभएको बताएका छन्।

नेता थापाले अघिल्लो सरकारले गरे जस्तो अपराध यस सरकारलाई गर्न नदिन संसदले पनि संकल्प गर्नु पर्ने बताए। यस सरकारले संसदलाई बेवास्ता गर्न र कामबिहिन हुन नदिन हामी आफैं लाग्नु पर्ने बताए।

उनले भने, ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंह जस्तो गर्जिने भित्र लम्पसार पर्ने यस्तै यस्तै परिचय बनाएर अघिल्लो सरकार बालुवाटारबाट बादर्ली पुगेको छ, अब को सरकारले यस्तो नगरोस्।’

‘मनपरि ढंगले संसद अन्य गर्न र छल्न नदिनेसमेत बताए। यो संसद सरकारसँग डराउने नभइ सरकार चाहिँ संसदसँग डराउने र सांसदको प्रश्नसँग डराउने छ, थापाले भने।

अहिले सरकारको मात्र परीक्षा नभएर सभामुखको पनि रहेको हुँदा, सबै मिलेर यो संसद जोगाउन लाग्नुपर्ने उनले बताए।

Logo