नेपालमा दैनिक १९ जनाले गर्छन् आत्महत्या

नेपालमा दैनिक १९ जनाले गर्छन् आत्महत्या

केन्द्रबिन्दु
0
Shares

नेपालमा आत्महत्याका घटना अत्यधिक बढेको पाइएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा आत्महत्याका घटना बढेको पाइएको हो ।

प्रहरीका अनुसार हरेक दिन १९ जनाले आत्महत्या गर्ने गरेका छन्। आर्थिक वर्ष २०७६/०७७ मा हरेक दिन १६ जनाले आत्महत्या गरेका थिए। 

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले आत्महत्याको घटना अकल्पनीय ढंगले बढेको बताए।

आर्थिक वर्ष २०७४/०७५ मा पाँच हजार ३१७ जना, आर्थिक वर्ष २०७५/०७६ मा पाँच हजार ७५४ जना, २०७६/०७७ मा ६ हजार २४१ जना र आर्थिक वर्ष २०७७/०७८ मा सात हजार ११७ जनाले आत्महत्या गरेका छन्।

Logo