काठमाडौं ।
काठमाडौं उपत्यकामा आज १ हजार १७ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै काठमाडौंमा २६ हजार ८, ललितपुरमा ३ हजार ३५१ र भक्तपुरमा २ हजार ७०६ संक्रमित पुगे । अब काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ३२ हजार ६५ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । आज १ हजार ५५१ जना थपिएका छन् । सोमबार २ हजार ४४० जना थपिएका थिए ।
कोरोनाबाट देशभर निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ३४० छ । सोमबार निको हुनेको संख्या १ हजार १३३ थियो ।
आजको पिसिआर परीक्षण ११ हजार ४७ रहेको छ । आज २२ हजार ७०९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ । सोमबार १९ जनाको मृत्यु भएको थियो ।





























प्रतिक्रिया