नेपालमा मैत्रीपूर्ण फुटबल खेल्न प्यालेस्टाइनसहित तीन देशको प्रस्ताव

नेपालमा मैत्रीपूर्ण फुटबल खेल्न प्यालेस्टाइनसहित तीन देशको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

नेपालमा आएर मैत्रीपूर्ण फुटबल खेल्न तीन देशले प्रस्ताव गरेका छन्। एन्फाका अनुसार, प्यालेस्टाइन, भारत र बंगलादेशले नेपाल आएर मैत्रीपूर्ण फुटबल खेल्नका लागि प्रस्ताव गरेका हुन्। 

नेपाललाई कीर्गिस्तानले समेत मैत्रीपूर्ण खेलका लागि आमन्त्रण गरेको छ । नेपालले गत चैतमा आयोजना गरेको थ्री नेसन्स कपमा समेत कीर्गिस्तानको यू–२३ टिम नेपालमा आएर सहभागी बनेको थियो।

गत श्रावण १५ गते बसेको एन्फा कार्यसमिति बैठकले साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय फुटबल टिमलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय पुरुष टोलीसँग मैत्रीपूर्ण खेल खेल्नका लागि पत्राचार भइरहेकाले आवश्यकता अनुसार राष्ट्रिय टिमले मैत्रीपूर्ण खेलको आयोजना तथा सहभागी गर्ने निर्णय गरेको थियो।

नेपालले भारतलाई आमन्त्रण गरेर घरेलु मैदानमा मैत्रीपूर्ण फुटबल खेल्न चाहेको छ। सोही अनुसार नेपालले भारतलाई नै नेपालमा बोलाएर मैत्रीपूर्ण फुटबल खेलको आन्तरिक तयारी गरिरहेको छ।

Logo