नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले राजीनामा दिएका छन्।
विष्टले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव शोभाकान्त पौडेलमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएका हुन्। मन्त्रालयको नेतृत्व अहिले स्वयं प्रधानमन्त्रीले गरिरहेका छन्।
विष्टलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको थियो।
विष्टको कार्यकालमा नेपाल टेलिभिजनका प्रादेशिक प्रसारण सुरु हुनुका साथै सबै च्यानललाई एचडी प्रविधिमा लगिएको थियो। उनको कार्यकालमा निरन्तर घाटामा रहेको नेपाल टेलिभिजनले उल्लेख्य कमाई गरेको थियो।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका विष्टले न्यूनतम पारिश्रमिक निर्धारण समितिको नेतृत्व पनि गरिसकेका छन्। उनले इमेज टेलिभिजन, नेपाल समाचारपत्र दैनिकलगायतका मूलधारका सञ्चार गृहमा रहेर पत्रकारिता गरेका थिए।





























प्रतिक्रिया